महानगर गतिविधि


Notice: Undefined property: dbMain::$query_count in /home/metrofm/public_html/lib/dbClass.php on line 67
Posted On: July 21, 2014

चिनियाँ व्यापारी लुट्ने समूह पक्राउ

साउन ५ । चीनको खासा जान हिँडेका तीन चिनियाँ व्यापारीको १६ लाख रुपैयाँ लुटेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। चिनियाँ व्यापारीलाई खासा लाने गाडीका चालक ग्यान्जो शेर्पासहित पाँच जनालाई महानगरीय प्रहरी अपराध महाशाखाले बौद्ध र गौशालाबाट पक्राउ गरेको हो।
महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीका अनुसार पक्राउ परेका नुवाकोटका बुद्धिमान तामाङ, दोलखाका राजेश लामा र सोभितकुमार श्रेष्ठ, सिन्धुपाल्चोकका लाक्पा शेर्पाबाट लुटिएको रकम, लुटपाटमा प्रयोग भएको मोटरसाइकल बरामद भएको छ। उनका अनुसार प्रारम्भिक अनुसन्धानमा गाडी चालक ग्यान्जो शेर्पाले लुटपाटको योजना बनाएको देखिएको छ। 
बिहान साढे ४ बजे ठमेलको ज्याठामा रहेको बेइजिङ होटलबाट बाहिर निस्केलगत्तै दुई मोटरसाइकलमा आएका चार जनाले गाडी रोकेर चिनियाँ व्यापारीको साथमा रहेको रकम लुटेका थिए। स्थानीयले लुटपाटको घटनाबारे प्रहरीलाई खबर गरेपछि उनीहरूको खोजी गर्दा बौद्ध र गौशालामा पक्राउ गर्न सफल भएको कार्कीले बताए।

Like us on Facebook

Post Comments

Latest News

View More Latest News
http://www.kathmandu.gov.np

महानगर गतिविधि

View More

Photo Gallery