महानगर गतिविधि


Notice: Undefined property: dbMain::$query_count in /home/metrofm/public_html/lib/dbClass.php on line 67
Posted On: July 23, 2014

असोज मसान्त भित्र कर तिर्नेलाई छुटै छुटै

काठमाडौं, ७ श्रावण । काठमाडौं महानगरपालिकाले महानगर भित्र विभिन्न व्यवसाय सञ्चालन गर्ने करदाताहरुलाई सहज बनाउने हेतुले  हेल्पिङ्ग डेक्स खडा गरी करतादाताहरुको सेवाका लागि सहजीकरण गरेको छ । करदाताले काठमाडौं महानगरपालिकालाई बुझाउनु पर्ने विभिन्न प्रकारका राजश्व बुझाउन महानगरपालिकाले विभिन्न सञ्चार माध्यमबाट सूचना प्रवाह गरिरहेको र करदातालाई कर तिर्न सहज होस् भन्ने असोज मसान्त कर तिर्ने करदाताहरुलाई करजग्गा कर मा १० प्रतिशत र अन्य कर तथा वक्यौता करमा २० प्रतिशत छुट उपलब्ध गराएको काठमाडौं महानगरपालिका राजश्व महाशाखाका प्रमुख महेश काफ्लेले बताउनु भएको छ । 
काफ्लेका अनुसार कतिपय स्कूल तथा कलेजहरु समेत करको दायरामा नआएकाले करको दायरामा ल्याउनका लागि स्कूल तथा कलेजहरुसँग पनि सम्पर्क गरिरहेको समेत बताउनु भयो । काठमाडौं महानगरपालिकाले करदाताहरुको संख्या बृद्धि गर्नका लागि बजेट वक्तव्य मार्फत धेरै नै लचकता अपनाएको समेत बताउनु भयो । 
काठमाडौं महानगरपालिकाले महानगरबासी करदाताहरुलाई कर तिर्न र पारदर्शिताका लागि समेत इबिलिङ्ग सिस्टम लागू गरिसकेको बताउनु हुँदै यो आर्थिक बर्षमा स्कूल, कलेज, चलचित्र भवनहरु समेत करको दायरामा ल्याउने बताउनु भयो । करदाताहरुले सही र सहज तरीकाले कर र्ति सकुने भन्ने सोचका अनुसार ३५ वटा वा काठमाडौं महानगरपालिका राजश्व महाशाखा मार्फत पनि कर तिर्न सक्ने वातावरण श्रृजना राजश्व प्रशासनले गरेका काफ्लेले मेट्रो एफ।एमसँग कुराकानी गर्दै बताउनु भएको हो । – वैकुण्ठ भण्डारी 

Like us on Facebook

Post Comments

Latest News

View More Latest News
http://www.kathmandu.gov.np

महानगर गतिविधि

View More

Photo Gallery