महानगर गतिविधि


Notice: Undefined property: dbMain::$query_count in /home/metrofm/public_html/lib/dbClass.php on line 67
Posted On: August 14, 2014

वाग्मती वरिपरि बगैंचा

साउन २९  । अधिकारसम्पन्न वाग्मती एकीकृत विकास समितिले तिलगंगादेखि शंखमूल पुलसम्मको वाग्मती नदीको दुवै किनारमा उद्यान बनाउन सुरु गरेको छ। समितिले १०३ रोपनी जग्गामा उद्यान बनाउन सुरु गरेको हो। नदीको सौन्दर्य बढाउन, यसको संरक्षण गर्न र पानीको शुद्धता कायम गर्न दुवै किनारमा पार्क निर्माण गर्न थालिएको विकास समितिका अध्यक्ष नारायण रेग्मीले जानकारी दिए। 
नदीको दुवै किनारको खाली जग्गामा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले उद्यान निर्माण सुरु गरेको उनले बताए। 'हामी सहजीकरण गर्छौं। अरू सबै काम संघसंस्थाले नै गर्छन्,' उनले भने। 
विकास समितिका अनुसार ३१ वटा संघसंस्थाले उद्यान निर्माणमा सहभागिताका लागि प्रतिबद्धता जनाएका छन्। तीमध्ये २६ वटाले लिखित निवेदन दर्ता गराएका छन् भने १५ वटासँग सम्झौता भइसकेको छ। सम्झौता गरेकामध्ये १२ वटा संघसंस्थाले निर्माण कार्य सुरु गरिसकेका छन्। 
जीवन जिउने कला, नेपाल सोका गाक्काई इन्टरनेसनल, सशस्त्र प्रहरी, नेसनल भोलेन्टियर एसोसिएसन, नेपाल प्रहरी सामुदायिक सेवा, निजामती कर्मचारी श्रीमती संघ, वातावरण विभाग, गैरआवासीय नेपाली संघ, पुडासैनी समाज र राम्रो जोरपाटी हाम्रो जोरपाटीले उद्यान निर्माण सुरु गरिसकेका छन्। नबिल बैंक लिमिटेड बिनामार्ग तीनधारा, कृष्णप्रणामी सेवा समितिले पनि निर्माण कार्य सुरु गरेका छन्।
सम्झौता गरेकामध्ये सांगि्रला टुर्स एण्ड होटल ट्रेनिङ सेन्टर र जीवन विज्ञानले भने काम सुरु गरिसकेका छैनन्। कान्तिपुर पब्लिकेसन्स, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), हिसान, नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि उद्यान निर्माणका लागि निवेदन दर्ता गराएका छन्। 
राष्ट्रिय वाणिज्य बैंक, नेपाल टेलिकम, वाग्मती मनोहरा सरोकार समिति, मिर्मिरे युवा समाज, सोल्टी क्राउन प्लाजा र सत्यसाई सेवा क्षेत्रीय समाजले उद्यान निर्माणका लागि निवेदन दर्ता गराएका छन्।
नेपाल सोका गाक्काई इन्टरनेसनलका उपाध्यक्ष सागर थापाले बगैंचाले सहरको सौन्दर्य बढाउने बताए। 'वाग्मती नदीमा मात्र होइन, यसका सहायक नदी किनारमा पनि बगैंचा बनाउनपर्छ,' उनले भने। सोका गाक्काई इन्टरनेसनलले वाग्मती नदीको पूर्वीकिनार नीलो पुलको दक्षिणतफर्को ८ सय ३२ वर्गमिटर क्षेत्रमा उद्यान निर्माण गरेको छ। वाग्मती सरसफाइ अभियानमा अग्रणी भूमिका खेलेको गायत्री समाजले पनि उद्यान निर्माण गर्ने प्रतिबद्धता जनाएको छ। 

Like us on Facebook

Post Comments

Latest News

View More Latest News
http://www.kathmandu.gov.np

महानगर गतिविधि

View More

Photo Gallery

Today's Highlight

Program Archive

Find Us On Facebook