महानगर गतिविधि


Notice: Undefined property: dbMain::$query_count in /home/metrofm/public_html/lib/dbClass.php on line 67
Posted On: August 15, 2014

केही सचिवको सरूवा, ६ को पदस्थापन, दश सहसचिवलाई कामु सचिवको जिम्मेवारी

 साउन ३० । सरकारले केही सचिवहरुको सरुवा गर्दै अघिल्लो साता बढुवा भएका सचिवहरुको पदस्थापन गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबार सााझ बसेको बैठकले सूचना तथा संचार मन्त्रालयका सचिव सुमनप्रसाद शर्मालाई अर्थ मन्त्रालयको सचिवमा सरुवा गरेको छ । लामो समयदेखि नेपाल ट्रष्टमा थन्काइएका श्रीधर गौतमलाई सहकारी तथा गरिवी निवारण मन्त्रालयमा ल्याइएको छ । राष्ट्रपति कार्यालयका सचिव शारदाप्रसाद त्रिताललाई योजना आयोगमा ल्याइएको छ भने सार्वजनिक खरिद अनुगमनका सचिव अनुप उपाध्यायलाई राष्ट्रपति कार्यालय लगिएको छ ।
अघिल्लो साता बढुवा पाएका सचिवहरुको पनि पदस्थापन भएको छ । जसअनुसार नरबहादुर रजवारलाई नेपाल ट्रष्ट, उत्तमकुमार भट्टराईलाई उद्योग, शरदचन्द्र पौडेललाई वन, अर्जुनकुमार कार्कीलाई शहरी बिकाश, बिष्णुप्रसाद लम्साललाई लोकसेवा र दीपेन्द्रनाथ शर्मालाई युवा तथा खेलकुदमा पदस्थापन गरिएको छ ।
१० सहसचिवलार्इ कामु सचिवको जिम्मेवारी
यसैगरि सरकारले विभिन्न चारवटा मन्त्रालयसहित १० निकायका सहसचिवहरुलार्इ कामु सचिवको जिम्मेवारी दिएको छ ।
कामु जिम्मेवारी पाउनेमा जल तथा उर्जा मन्त्रालयमा ईश्वरी पौडेल, वन मन्त्रालयमा शरदचन्द्र पौडेल, शान्ति तथा पुनःनिर्माण मन्त्रालयमा खिमराज पुञ्जाली र सूचना तथा सञ्चार मन्त्रालयमा सुशीलबहादुर मल्ल छन् ।
त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धानमा प्रेमचन्द्र राई, पूर्वाञ्चल क्षेत्रीय प्रशासकमा अन्नपूणर्नन्द दास, पश्चिमाञ्चल क्षेत्रीय प्रशासकमा दिनेश थपलिया, मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासकमा विजयकुमार मल्लिकलाई मन्त्रिपरिषद बैठकले बढुवा गरेको छ ।
सचिव को कहाँ ?                                                               कामु सचिव, को कहाँ ?
सुमनप्रसाद शर्मा         अर्थ मन्त्रालय                              टंकमणि शर्मा सार्वजनिक खरिद
श्रीरन्जन लाकौल         प्रधानमन्त्री कार्यालय                   खुमराज पुन्जाली शान्ति तथा पुननिर्माण
धनबहादुर तामाङ        महिला तथा बालबालिका              सुनिलबहादुर मल्ल सूचना तथा संचार
अनुपकुमार उपाध्याय  राष्ट्रपति कार्यालय                       प्रेमकुमार रार्इ अख्तियार दुरूपयोग
शारदाप्रसाद त्रिताल     राष्ट्रिय योजना आयोग                 इश्वरीप्रसाद पौडेल जल तथा उर्जा आयोग
सुरेशप्रसाद श्रेष्ठ          पर्यटन                                          रमेशकुमार शर्मा राष्ट्रिय सतर्कता केन्द्र
सोमलाल सुबेदी           संघीयमामिला                             जीवनप्रभा लामा राष्ट्रिय सूचना आयोग
श्रीधर गौतम                सहकारी तथा गरिवी नि.                अन्नपूर्ण दास पूर्वाञ्चल क्षेत्रीय प्रशासक
शान्तबहादुर श्रेष्ठ        स्वास्थ्य                                       दिनेकुमार थपलिया पश्चिमाञ्चल क्षेत्रीय प्रशासक
उत्तम भट्टरार्इ             उद्योग                                         बिजयकुमार मल्लिक मध्यपश्चिम क्षेत्रीय प्रशासक
दीपेन्द्रनाथ शर्मा          युवा तथा खेलकुद
शरदचन्द्र पौडेल           बन तथा भुसंरक्षण
बिष्णुप्रसाद लम्साल    लोकसेवा आयोग
नरबहादुर रजवार         नेपाल ट्रष्ट

Like us on Facebook

Post Comments

Latest News

View More Latest News
http://www.kathmandu.gov.np

महानगर गतिविधि

View More

Photo Gallery