Notice: Undefined property: dbMain::$query_count in /home/metrofm/public_html/lib/dbClass.php on line 67

संस्कृति

Posted On: July 22, 2014

गाईजात्रा पर्व

- ज्ञानेन्द्र विवश /  

उपत्यकामा हरेक वर्ष आफ्ना दिवङ्गत परिवारजनको सम्झना र श्रद्धाका साथै तिनका आत्मालाई शान्ति प्राप्त होस् भनी गाईजात्रा पर्व मनाइने परम्परा छ । नेवार समुदायका विभिन्न जाति र स्थानमा यो पर्व मनाउने प्रचलनमा वmेही भिन्नता रहेको पाइन्छ । जे, जसरी मनाइए पनि गाईजात्रा पर्वमा स्वर्गीय आत्माको शान्ति प्रार्थना गरी विशेषतः वर्षदिनभित्र दिवङ्गत भएकाप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरिन्छ । 
सार्वजनिक समारोहका साथ गरिने यो परम्परालाई नेपालभाषामा सायात (सापारु) भनिन्छ । नेवार समाजको यो एउटा महŒवपूर्ण र लोकप्रिय पर्व हो । यस पर्वलाई एक प्रकारले ‘मृत्युगणना संस्कार’ वा मृत्युगणना जात्राको सांस्वृmतिक पर्वका रूपमा पनि लिन सकिन्छ । किनभने वर्षदिनभरिमा वmुन ठाउँका, को मान्छे, कति मरे भन्ने जानकारी यस जात्राले दिन्छ । 
गाईजात्रा पर्वलाई उपत्यकावासी नेवारलगायत उपत्यकाभन्दा बाहिरका नेवारहरूले पनि यिनै सांस्वृmतिक मूल्य–मान्यतापूर्वक मनाउने गर्दछन् । यो पर्व श्रावण शुक्ल पूर्णिमा अर्थात्् जनैपूर्णिमादेखि भाद्रवृmष्ण अष्टमी अथवा वृmष्णाष्टमीका दिनसम्म मनाउने गरिन्छ । यसरी नौ दिनसम्म विभिन्न किसिमले मनाइए पनि यसको मुख्य उत्सव प्रतिपदाका दिन यो पर्व दिनभरि हुने गर्दछ । 
अर्को वmुरा यो जात्रा खेतीपातीको कामधन्दा भर्खरै सकिएको तथा वर्षभरिको हिलोमैलो पनि निख्रिँदै गएको मौसममा पर्दछ । लहलहाएका खेतीपाती र फुर्सदको रमाइलो समयमा यो जात्रा पर्नु सबैको सहभागिताको संयोग पनि हो । त्यसैले यस पर्वमा हास्यव्यङ्ग्यका विविध रोचक प्रदर्शन पनि गरिने परम्परा छ । वास्तवमा गाईजात्रालाई हास्यव्यङ्ग्य प्रस्तुतिको अवसरमा पनि लिइन्छ । 
मल्लकालीन समयदेखि प्रचलनमा आएको मानिने यो जात्राको उल्लेख गोपाल राजवंशावलीमा छ । यो जात्राको प्रारम्भ कसरी भयो भन्ने सन्दर्भमा वmेही चाखलाग्दा प्रसङ्गहरू छन् । 
भक्तपुरका राजा जयस्थिति मल्लका छोराको मृत्यु भयो । छोराको मृत्युशोकमा रानी सा¥है चिन्तित भइन् । चिन्ताग्रस्त रानीको चित्त बुझाउन राजाको वmेही सीप लागेन । आखिर राजाले एउटा उपाय निकाले– ‘वर्ष दिनभरिमा क–कसका छोराछोरीको मृत्यु भएको छ ? तिनका परिवारले घरबाट गाई निकाली राजदरबार परिक्रमा गराउने ।’ 
यस किसिमको प्रचलनबाट आफ्नो छोरा मात्र होइन अरू धेरैका छोराछोरीको पनि मृत्यु भएको रानीले प्रत्यक्ष देखिन् । राजाको उपायवैm कारण आफ्नो छोराको मात्र मृत्यु भएको रहेन छ भनी रानीको शोक शान्त भएको थियो । यसपछि हरेक वर्ष यस्तै किसिमको जात्रा निकाल्ने चलन चल्यो । 
यसैगरी यता कान्तिपुरका राजा प्रताप मल्लको छोराको मृत्यु हुँदा रानीले धेरै सुर्ता गरिन् । राजाको सम्झाइ–बुझाइले रानीलाई सान्त्वनासम्म मिल्न सवmेन । त्यसपछि राजाले हाम्रो मात्र होइन अरूका छोराछोरी पनि मरेका छन् भनी रानीलाई सान्त्वना दिलाउन गाईजात्रा पर्व तत्कालीन राजदरबारको प्राङ्गण भएर जानुपर्ने चलन चलाए । यस सम्बन्धमा प्रचलित कथनअनुसार बिफरका कारण त्यस समयमा राजपुत्र मात्र होइन अरू धेरैको ज्यान अकालमै गएको थियो । 
त्यसैले राजाले मृतक परिवारका प्रत्येक घरबाट गाईजात्रा निकाली राजकुमारको शोकमा विह्वल बनेकी रानीको चिन्ता हटाउने चेष्टा गरे तर रानीलाई यसले पनि शान्ति दिलाउन सवmेन । त्यसपछि राजाले फेरि जनतामाझ अर्को झ्याली पिटाए । जसअनुसार जसले विभिन्न किसिमका प्रदर्शन, अभिनय र हास्यव्यङ्ग्य प्रस्तुत गरी रानीको शोक हरण गर्न सक्छ, उसलाई दरबारबाट इनाम र सम्मान प्रदान गरिनेछ । यस कार्यका लागि जनतालाई आपूmखुसी लुगा लगाउन र बोल्न पनि छुट दिइनेछ । 
सोही उर्दीबमोजिम प्रत्येक टोलबाट अनेक थरीका हाउभाउका साथ हास्यव्यङ्ग्य गर्दै बेरूपका मान्छे दरबार क्षेत्रको बाटो भएर हिँड्न थाले । उनीहरूले विसङ्गतिमाथि व्यङ्ग्य गर्दै अरूलाई हसाउन थुप्रै उपायको उपयोग गरे । असामान्य हँस्सीमजाकका यी दृश्य देखेर रानीका आँखाबाट आँसु हट्यो अनि हाँसो छायो । यसबाट बल्ल राजालाई पनि आत्मसन्तोष मिल्यो । 
त्यसपछि नै राजाले अब प्रत्येक वर्षको भाद्र वृmष्ण प्रतिपदाका दिन दिवङ्गत आत्माका नाममा झाँकी र वmुनै बन्देज बिना हास्यव्यङ्ग्यको प्रदर्शन कायम भएको घोषणा गरे । यही घोषणाले आजसम्म पनि एउटा परम्परागत प्रचलनवैm मान्यता पाइआएको छ । 
यसरी आजसम्म पनि भक्तपुर र काठमाडौँमा दरबार परिक्रमा गरी गाईजात्रा गरिन्छ । ललितपुरमा भने यस किसिमको मृत्युशोकका वmुनै घटना घटित भएको पाइँदैन । त्यसैले ललितपुरमा गाईजात्रा अरू सहरमा जस्तो राजदरबार परिक्रमा नगरी बरु पाटनदरबार अगाडिबाटै जात्रा प्रारम्भ गरिने परम्परा रहिआएको छ । 
त्यस बेलाका शासकहरूले आफ्नो राज्यकालमा वmे भएको छ र जनता वmे चाहन्छन् तथा समाजमा वmे भइरहेको छ ? भन्ने जस्ता वmुराहरू बुझ्नका लागि जनतालाई बोल्न, लेख्न र प्रहसन गर्न तथा प्रदर्शन गर्न स्वतन्त्रता दिएका थिए । सरकार र समाजका विवृmतिहरू हास्यव्यङ्ग्य प्रस्तुतिका माध्यममा सार्वजनिक गरिने परम्परा पनि यसै जात्रासँग गाँसिएर आयो । यसबाट तत्कालीन शासकहरूले आपूmलाई सुधार्ने र रमाइलो गर्ने अवसरका रूपमा लिई यसलाई महŒवपूर्ण पर्वको मान्यता दिए । 
यस किसिमको परम्परा र सांस्वृmतिक महŒवका साथ मनाइने गाईजात्रा मृतकको आत्माशान्तिको मौलिक पर्व हो । यो जात्राको प्रचलनका रोचक विधिमध्ये भक्तपुरको गाईजात्रालाई सर्वप्रथम उल्लेख गर्नुपर्ने हुन्छ । भाद्र शुक्ल प्रतिपदा तिथिका दिन मृत्युशोक परेका भक्तपुरवासी बिहानैदेखि गाईजात्रे झाँकीको तयारीमा जुट्छन् । यो झाँकी आफ्नो पारिवारिक हैसियतअनुसार फरक हुन सक्छ । 
त्यस्तै मृतकको उमेर, उसको सामाजिक स्तर आदिले पनि जात्रालाई फरक पार्न सक्दछ । उमेर पुगेका बूढाबुढी र उमेर नपुगेका वmेटावmेटी गरी दुई किसिमले यो जात्रा हुन्छ । मृत्युशोक नपरेका घरबाट गाईजात्रा निकाल्नु हुँदैन वा पर्दैन । 
यसरी बालबालिकाहरूको गाईजात्राका लागि डोकोबाहिर कपडाले बेरेर त्यसको माथिल्लो भागमा गाईको चित्र टाँसिन्छ । त्यस्तै गणेश वा अन्य देवीदेवताका चित्र लेखिएको कागज पनि टाँसिने गरिन्छ । यसैगरी परालका त्यान्द्राले बाटिएका गाईवैm सिङ रूपी एकजोडा सिङ त्यसै डोकामा सजाएर राखिन्छ । चमर, पङ्खासहित विभिन्न पूmल र मालाले त्यसलाई सिँगारिन्छ । 
परालको सिङमा दुई वटा फरक–फरक रङका कपडा बाँधेर लर्काइन्छ । त्यसलाई शोक परेका घरबाट प्रस्थान गराइनुपूर्व घरको मूलढोका सामुन्ने पुरोहित ब्राह्मणबाट मृतकको नाममा पूजाआजा गरी गाई प्रदर्शन गर्न पठाइन्छ । यसलाई ‘डोकोसा’ भनिन्छ । 
यसरी गाईजात्रा निकालिँदा पहिरनसूचक कपडाको प्रयोग गरिएको हुन्छ । यसबाट पुरुष वा महिला कसको मृत्यु भएको रहेछ भन्ने वmुरा टाढैबाट थाहा पाउन सकिन्छ । वृmषक परिवारको व्यक्ति भए घरबुना कपडा हुन्छ । त्यस्तै व्यापारी, कर्मचारी आदि भए बजारिया कपडाको प्रयोग गरिन्छ । यसरी निकालिएको जात्रामा सहभागीहरूलाई फलपूmल, मिठाई, गेडागुडी, सर्बत आदि वितरण गर्दैै ठाउँ–ठाउँमा मानिस बसेका हुन्छन् । 
यस किसिमको यो ‘डोकोसा’ जात्रा सकिएर मध्यान्ह हुँदासम्म अब उमेर पुगेका व्यक्तिको जात्रा सुरु हुन्छ । यसलाई ‘ताहासा’, जसलाई हिजोआज गाईखट पनि भनिन्छ । यो ताहासा चारवटा बाँस चौवmुना पारी बीच–बीचमा बोक्नलाई सजिलो हुने गरी बनाइएको हुन्छ । यसलाई चारैतिर मृतकको लिङ्ग अनुसारका कपडाले सिँगारिन्छ । यसको टुप्पामा परालको लामो सिङजस्तै बाटेर राखिन्छ । यसैमा गाईको चित्र पनि टाँसिन्छ । त्यसलाई कपडाका टुक्रामा झुन्ड्याइन्छ । गाईको चित्र भए ठाउँमा कागजवैm चमर, पङ्खा, झन्डा राखिन्छ । यो ताहासा नढलोस् भनी यसलाई सन्तुलित राख्न कपडाहरूले कसिएको हुन्छ । 
ताहासा बोक्ने चार जनासहित दायाँबायाँ कपडा तान्ने दुई जना तथा अर्को एक जनाले पटुका जस्तै त्यस कपडा (जसले सो खटलाई सन्तुलित राख्दछ) लाई अगाडि डो¥याएर हिँड्दछन् । पूmल, माला र विभिन्न कपडाले सजाइएको यसै ताहासामा जसको सम्झनामा जात्रा निकालिएको हो, उसको तस्बिरसमेत राखिएको हुन्छ । महिला भएमा ऐना पनि राखिन्छ । त्यसैगरी घरबाट निकाल्नुअघि मृतकको नाममा परिवारका सदस्यबाट सङ्कल्प गराई ब्राह्मणद्वारा विधिपूर्वक पूजा गरिन्छ । 
यी कार्य सम्पन्न भएपछि स्वर्गीय आत्माले शान्ति पाओस् भन्ने कामना गर्दै देशपरिक्रमा गराउन प्रस्थान गराइन्छ । यसमा परम्परागत बाजागाजा, घिन्ताङकिसी (लट्ठीनाच) र विभिन्न पहिरनका जोडा–जोडीको रोचक प्रस्तुति समावेश हुन्छ । यसैगरी मृत व्यक्तिका परिवार र आफन्तहरूको यसमा मुख्य सहभागिता हुन्छ । 
यसै जात्रामा कसैले जिउँदो गाईलाई नै पीतवस्त्रले सजाएर नगर परिक्रमा गराउन निकाल्छन् । शोक र सुर्ता बिर्सिंदै आत्माशान्तिको यस यात्रामा अर्को एउटा आध्यात्मिक झाँकी पनि हुन्छ । यसमा एउटा खटमा डोहसा (बसाहाको प्रतिरूप) राखी खटैमा बसेर भजनकीर्तन गर्दै जात्रामा सामेल हुनेहरूको बेग्लै जमात देख्न सकिन्छ । यसले वातावरणलाई नै शान्त र संवेदित पार्दछ । 
गाईजात्राको मार्ग आजसम्म पनि पहिलेवैmअनुसार रहेको छ । त्यो बेलाको मल्लकालीन राज्य सानो भएको हुँदा मार्ग निश्चित थियो र राज्यका कति मान्छे वर्ष दिनभित्र मरे भन्ने तथ्याङ्क लिने गरिन्थ्यो । मृत्युगणनाको परम्परा भने आज हटिसवmेको छ । स्थानीय दतात्रय स्थान, टौमढी र भक्तपुर दरबार प्राङ्गणमा एउटा–एउटा समूह बसेर गाईजात्राका झाँकी अथवा गतवर्ष दिवङ्गत भएकाहरूको सङ्ख्या टिप्ने चलन आज छैन । यसरी मृत्युगणना गर्ने मानिसलाई ‘सापमहाँ’ भनिन्थ्यो । मल्लकालीन यो सापमहाँको काम हिजोआज नगरपालिका वा तथ्याङ्क विभागले गर्ने गर्दछन् । 
प्रत्येक वर्षको जनैपूर्णिमादेखि वृmष्णाष्टमीसम्म भक्तपुरका टोल–टोलमा गाईजात्रा उत्सवका विविध झाँकीका दृश्यहरू अद्यापि देख्न सकिन्छ । यसमध्ये परालका त्यान्द्राबाट बनाइएको ‘ताहासा’ (भैरवको प्रतीक) महŒवपूर्ण मानिन्छ । लाकोलाछेँ टोलका गुठियारहरूद्वारा बनाइने परालको आकर्षक भैरव ताहासालाई ठाउँ–ठाउँमा नचाउँदै हिँडाएको दृश्य कम रमाइलो हुँदैन । यो भैरव ताहासा अन्तिम जात्रा हो । यो जात्रा निकालेपछि अरू वmुनै पनि जात्रा निकालिँदैन । यिनै दिनमा लुसी प्याँख, गाईचा प्याँख, फाकँदली, कपाय् फँनेगुजस्ता विभिन्न नाचगान, प्रहसन, एकाङ्की आदि प्रस्तुत गरिन्छ । 
लुसी प्याँखमा चार जना नर्तकीहरू चिउरा वmुट्ने मुसल लिएर आपसमा तिनलाई ठोकाउँदै व्यङ्ग्यात्मक गीत गाउँछन् । घेरा बनाएर पिँडालुको बोट हावाले यताउता लर्काएजस्तै गरी नाच्दै अर्को प्रस्तुति फाकँदलीमा हास्यव्यङ्ग्य गीत गाइन्छ । त्यस्तै कपाय पंmनेगुमा चर्खा बोवmेर कपासको धागो कात्दै महिलाहरूले हास्यव्यङ्ग्यप्रधान गीतहरू गाउँछन् । यो गायनमा एकातिर सासू र अर्कातिर बुहारीहरूको समूह सम्मिलित हुन्छन् । 
यसबाहेक घिन्ताङकिसीमा वmेटावmेटी र युवायुवतीको समूह शरीरमा अनेक रङ पोती, बेढङ्गका लुगा लगाई बढीभन्दा बढी अरूलाई हँसाउने गर्छन् । त्यस्तै उनीहरू हातमा विभिन्न ज्यावल लिई त्यसलाई आपसमा ठोक्काउँदै अनौठो र रमाइलो किसिमले नाच्दै नगरपरिक्रमा गर्दछन् । नेपालभाषामा बजाइने सङ्गीतको लय थियो– 
   गिनित्वाङ, गिनित्वाङ घेन्ताङ घिसिङ त्वाङ 
  ताहामचा गना ते ग्वाखङ प्वाले ते 
   ग्वाखङ प्वाले मन्ह्यसा खसिङ चुइग छोय ।
विशेषतः नेपालभाषामा गरिने यस्ता ठट्यौलो रसिलो र हँसिलो पनि उत्तिवैm हुन्छ । तिनैमध्ये बासा लुइवmेगु (वmेटावmेटीलाई सिँगारी कम्मरमा बाँधेको पटुका भुइँमा लतारेर निकालिने जात्रा), नटुवाचा प्याँख (बच्चालाई विभिन्न पोसाक र सिँगारले सजाएर निकालिने नाच), माकः प्याँख (बाँदरनाच), भालु प्याँख (भालुनाच), हनुमाननाच आदि तथा स्मृति गीतहरू पनि प्रस्तुत हुन्छन् । 
दिनभरिका यस्ता अनेकौँ गाईजात्रे तामझामपश्चात् साँझपख प्रदर्शन गरिने विभिन्न धार्मिक नाचहरूले पनि जात्राको प्राचीनता र सांस्वृmतिक गरिमालाई उच्च राख्न महŒवपूर्ण भूमिका खेलेको पाइन्छ । स्थानीय लाकोलाछेँ टोलबाट ल्याइने भैरवनाथ र भद्रकाली नाच निवैm रमाइलो किसिमको हुन्छ । यी रोचक दृश्य हेर्न भक्तपुरबाहिरबाट समेत मानिसको ओइरो लाग्ने गर्दछ । 
त्यसैले भादगाउँले गाईजात्रा अन्यत्रको जात्राभन्दा फरक हुन्छ । भनिन्छ, बीस भन्दा बढी किसिमका नाचगान र रसरङ यस जात्रामा प्रस्तुत हुने गर्दछन् । अरू ठाउँमा भन्दा यहाँका यी सांस्वृmतिक प्रचलनहरू बढी संरक्षित पनि रहेको पाइन्छ । भक्तपुर नगरपालिकाले गाईजात्रामा निकालिने अनेक नाचगान र रसरङलाई मर्यादित र व्यवस्थित बनाउन गत वmेही वर्षदेखि पुरस्कारको व्यवस्थासमेत गर्दै आएको छ । 
यसरी नौ दिनसम्म लगातार मनाइने ‘गाईजात्रा’ वृmष्णाष्टमीको भोलिपल्ट निकालिने ‘वृmष्णजात्रा’ पश्चात् औपचारिक रूपले समाप्त हुन्छ । त्यसपछि कसैले कसैलाई पनि खुलेआम घोचपेच गर्न पाइँदैन । 
काठमाडौँको गाईजात्रामा मृत व्यक्तिको सम्झनामा मानिस आपूm नै गाईको रूप लिई गाईलाई अगाडि लगाएर हनुमानढोका दरबार परिक्रमा गर्दछन् । यस जात्रामा गाईको रूप लिई जाने व्यक्तिलाई विशेष किसिमले सजाइन्छ । त्यस्तो व्यक्ति प्रायः वmेटावmेटी वा किशोर हुन्छन् । उसलाई गाजल, लाली, टीका, माला आदिले सिँगारिन्छ । उसको कम्मरमा पटुका बाँधी त्यसलाई दायाँबायाँबाट भुइँ छुने गरी लœयाइन्छ । 
यसैगरी यस जात्रामा गाईको सट्टा कसैले बच्चालाई भिक्षा माग्न हिँडेको जोगीका रूपमा नगर परिक्रमा गर्न पठाउँछन् । यो जात्रा बिहानैदेखि सुरु भई अपरान्ह हुँदासम्ममा सम्पन्न भइसक्छ । त्यसबीच वेशभूषा, संवाद र अभिनयद्वारा दर्शकलाई हँसाउन हिँड्नेहरूका ताँती पनि यस दिन देख्न सकिन्छ । गाईजात्रामा सहभागी हुनेलाई ठाउँ–ठाउँमा बसेका आफन्त र दर्शनार्थीेहरूले फलपूmल, मिठाइका सगुन दिने गर्दछन् । 
ललितपुर अर्थात्् पाटनको गाईजात्रा भने अलि छुट्टै प्रकारको छ । गाईजात्रा प्रदर्शनार्थ पाटन दरबार क्षेत्रस्थित प्रसिद्ध वृmष्णमन्दिर प्राङ्गणमा मृत्युशोक परेका परिवारका सदस्यहरू भेला हुन्छन् । यसमा परम्परागत छत्रसहितका वृmष्ण र उनको दायाँबायाँ सत्यभामा र रुक्मणी तथा अगाडि बलराम रहन्छन् । वृmष्णको सामुन्ने रही जात्रा अवधिभर बलराम पछाडि सर्दै हिँड्छन् । यसभन्दा अगाडि विभिन्न पोसाकमा सजिएका वmेटावmेटी र किशोरकिशोरीहरूका पङ्क्तिबद्ध लाइनले जात्राको अगुवाइ गर्दछ । 
यसले दरबारक्षेत्रको निश्चित भागको परिक्रमा गरी जहाँबाट जात्रा सुरु भएको थियो त्यहीँ आएर विसर्जन हुन्छ । यसमा निश्चित स्थानमा मान्छेलाई देवताको रूपमा स्थापना गरी परम्परागत नियमअनुसारको घेरा बनेर जात्रा गरिन्छ । सबै प्रकारका प्रस्तुतिहरूको भेला हुने स्थान (सापारु मुनवmेगु) मल्लकालीन समयदेखि वृmष्णमन्दिर सम्मुखको प्राङ्गण नै हो । 
यसैगरी जात्राको सुरुआत अनेकौँ भाँडावmुँडाहरू भुईमा गुडाउँदै त्यसबाट भयानक आवाज निकालेर गरिन्छ । यसपछि बाजागाजासहित सम्बन्धित परिवारका दिवङ्गत  सदस्यको आत्मा शान्तिको कामना गर्दै आफन्तहरू अगाडि बढ्छन् । यस जात्रामा गच्छेअनुसार एकल वा सामूहिक रूपमा गाईलाई सजाएर घुमाउने चलन पनि छ । त्यस्तै कसैले गाईको चित्राङ्कित मखुण्डो लगाएर पनि जात्रामा भाग लिन आउँछन् । 
जात्रामा जोगी, सन्न्यासी भेषधारीको समूह पनि सामेल हुन्छ । त्यस्तै रामायण, महाभारत, वृmष्णलीला आदिमा आधारित स्वरूप बच्चालाई बनाई घुमाइन्छ । यसमा विभिन्न प्रहसनका टोलीहरू पनि सहभागी भई जात्रालु र दर्शकलाई शोक र वेदना बिर्साउँदै हास्यरस प्रदान गर्न अग्रसर भइरहेका हुन्छन् । यसै जात्रामा भजन गर्ने टोलीको बेग्लै रौनक हुन्छ । कसैले मृत्तात्माको शान्तिका लागि ब्राह्मणलाई गाईदानसमेत गर्ने गर्दछन् । 
गाईजात्रावैm दिन लाखेनाचको प्रदर्शन पनि यहाँको मौलिक विशेषतामध्ये एउटा हो । त्यस्तै वृmष्ण, बलराम सम्मिलित झाँकी जात्राको प्रमुख शोभा मानिन्छ । जात्रामा गाईको चित्र बनाउने नेवारी समुदायका चित्रकार जातिवैm भूमिका महŒवपूर्ण हुने गर्दछ । उनीहरूले बनाएका कागजका चित्र टाउकामा सजाएर गाईजात्रा निकाल्ने गरिन्छ ।
पाटन सहरबाहिरका उच्च पदमा पुगेका व्यक्तिहरूले पनि यसै अवसरमा गाईलाई पीताम्बर कपडाले सिँगारेर ल्याउने गर्दथे । हुन त आजभन्दा तीन–चार दशकअघिको गाईजात्रा र आजको प्रचलनमा क्रमिक रूपले ¥हास आइरहेको पाइन्छ । 
उपत्यकाका कीर्तिपुर, ठिमी, थानकोट, टोखा, साँखु आदि स्थानमा पनि गाईजात्रा पर्व आ–आफ्नै किसिमले मनाइन्छ । गाईजात्रा पर्वको भोलिपल्ट पनि उपत्यकाका बौद्ध गुम्बा, विहारहरूमा मतया (बत्तीको जात्रा) मा दिवङ्गत आत्माको शान्तिका निम्ति सम्बद्ध परिवार र आफन्त सबै सम्मिलित हुन्छन् । 
यस किसिमले यो गाईजात्रा धार्मिक आस्था र आराधनाका साथै स्वस्थ मनोरञ्जनको एउटा प्रिय पर्व पनि हो । आफन्तसँगको बिछोडको पीडा र अरू धेरै कारणले व्यथित मन–मस्तिष्कलाई मनोवैज्ञानिक रूपबाट उपचारसमेत यो जात्राले गर्ने विश्वास गरिन्छ । विसङ्गतिमाथि व्यङ्ग्य प्रकट गरिने यस जात्राले सामाजिक र सांस्वृmतिक सद्भावको स्थापना गर्ने सन्देश पनि प्रेषित गर्दछ । 

Like us on Facebook

Post Comments

Latest News

View More Latest News
http://www.kathmandu.gov.np

महानगर गतिविधि

View More

Photo Gallery