News


Notice: Undefined property: dbMain::$query_count in /home/metrofm/public_html/lib/dbClass.php on line 67
Posted On: August 14, 2014

सुनकोसी ताललाई जोगाए के होला ?

साउन २९ ।सिन्धुपाल्चोकको मांखामा १२ दिनअघि पहिरोले बनाएको ‘सुनकोसी ताल’ लाई तालकै रुपमा जोगाएर पर्यटकिय सम्भावना खोजे के होला ?
प्रकोप क्षेत्रमै उद्धार कार्यमा खटिएको नेपाली सेना विस्फोट ,ड्रिलिङ र एक्स्काभेटर लगाएर ताल खोल्ने प्रयत्नमा रातदिन खटिरहेका छन् । राजधानीमा यस क्षेत्रका बिज्ञहरुले भने नयाँ सम्भावनामा बहस थालेका छन्–प्राकृतिक प्रकोपले सृजना गरेको सुनकोसी ताललाई यही स्वरुपमा रहन दिएर पर्यटकीयलगायत विकास सम्भावना खोज्न सकिन्छ ।
साउन १७ गते शनिबार बिहान मांखा–राम्चे क्षेत्रमा गाउँसहित डाँडो नै खस्दा सुनकोसी थुनिएको थियो । त्यसले बनाएको ताल फुटेर तल्लो तटियतटीय क्षेत्रका बस्तीदेखि भारत बिहारसम्म जनधनको क्षति हुन सक्ने खतरा टार्न तालको पानी निकास दिने प्रयत्न जारी छ ।
यही सन्दर्भमा बुधबार राजधानीमा बिज्ञहरुले भने ताल जोगाउन सकिने सम्भावना खोजेका हुन् ।
उनीहरुका अनुसार तालको सबै पानी निखार्न सकिन्न र त्यहाँ थुप्रिएको सबै ढुंगा माटो पन्छाएर अन्यत्र लैजान पनि मुश्किल छ । यस्तो निचोडमा पुगेका सरकारी प्राविधिकहरुले ताल नै कायम राखेर माछापालन लगायत उद्यम गर्न सकिने र तल्लो तटमा रहेको सुनकोसी जलविद्युत्त आयोजनाका लागि तालको पानी प्रयोग गरेर थप उर्जा निकाल्न सकिने योजना पस्किएको आजको नागरिक दैनिकमा खबर छ ।

Like us on Facebook

Post Comments

Latest News

View More Latest News
http://www.kathmandu.gov.np

महानगर गतिविधि

View More

Photo Gallery