News


Notice: Undefined property: dbMain::$query_count in /home/metrofm/public_html/lib/dbClass.php on line 67
Posted On: August 14, 2014

चरी प्रकरण : समाधान गर्न गौतम र पाण्डेलाई जिम्मेवारी

साउन २९ ।प्रहरी कारबाहीबाट दिनेश अधिकारी चरीको मृत्यु भएपछि उत्पन्न समस्या समाधान गर्न नेकपा (एमाले) ले गृहमन्त्री वामदेव गौतम र केन्द्रीय सदस्य राजेन्द्र पाण्डेलाई जिम्मेवारी दिएको छ। पार्टी केन्द्रीय कार्यालय बल्खुमा बुधबार भएको एमाले पदाधिकारी बैठकले चरीको विषयमा देखिएको समस्याको उपयुक्त समाधान निकाल्न गौतम र पाण्डेलाई जिम्मेवारी दिएको हो।

बैठकमा आमन्त्रण गरिएका पाण्डेले सुरुमा सहरमा अधिकारीलाई पक्राउ गरी हत्या गरिएको भन्दै संसदीय छानबिनको मागलाई पार्टीले अघि लिएर जानुपर्ने धारणा राखेका थिए। 'पाण्डेले अध्यक्षबाटै संसदीय छानबिन गर्न माग गरिएको भन्दै पार्टीले त्यही विषयलाई लिएर अघि जानुपर्ने धारणा राख्नुभएको थियो,' बैठकमा सहभागी एक पदाधिकारीले नागरिकसँग भने, 'तर, अधिकांशले गुन्डाको मनोबल बढ्ने गरी कुनै पनि अभिव्यक्ति र गतिविधि पार्टीबाट हुन नहुने धारणा राख्नुभयो।' 
अधिकांश पदाधिकारीले 'गुन्डा र आतंककारी' को जात र धर्म केही पनि नहुने भन्दै चरीको विषय लिएर पार्टी अघि बढ्न नहुने धारणा राखेका थिए। बैठकमा उपाध्यक्ष विद्या भण्डारीले अध्यक्ष केपी शर्मा ओलीले चरीको विषयमा राखेको धारणाको विरोध गरिन््। 
घटना भएको एक दिनपछि पार्टी कार्यालय पुगेका धादिङका सभासद र चरीको आफन्तहरुलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चरीको गैरन्यायीक हत्या भएको बताएका थिए। उनले अन्य स्थानमा हत्या गरी भीमढुंगामा दोहोरो भिडन्तको नाटक मञ्चन गरिएको भन्दै घटनाको विषयमा संसदीय छानविन हुनुपर्ने बताएका थिए। 
 उपाध्यक्ष गौतमले गृहमन्त्रीको हैसियतले ब्यवस्थापिका संसदको वैठकमा चरी दोहोरो फायरिङमा मारिएको बताएका थिए। बुधवारको पदाधिकारी वैठकमा पनि गौतमकले त्यही धारणा दोह्ोयाएका थिए।
बुधबार केन्द्रीय कमिटीको बैठक स्थगित भएपछि वसेको पदाधिकारी बैठकमा अधिकांश समय चरीको विषयमै छलफल भएको थियो। 'चरीको विषयमामा बढी छलफल भयो। त्यसैले अन्य विषयमा बैठकमा छलफल हुनै सकेन,' एक पदाधिकारीले भने। वैठकमा राजदूत नियुक्ती, २६ सभाषदको मनोनयन, संवैधानिक निकायको नियुक्तिलगायतका विषयमा छलफल गर्ने भन्दै पदाधिकारी वैठक राखिएको थियो।

Like us on Facebook

Post Comments

Latest News

View More Latest News
http://www.kathmandu.gov.np

महानगर गतिविधि

View More

Photo Gallery