News


Notice: Undefined property: dbMain::$query_count in /home/metrofm/public_html/lib/dbClass.php on line 67
Posted On: August 14, 2014

डनका वकिल को–को ?

साउन २९ । देशका कुख्यात डनका कानूनी सल्लाहाकार पनि नाम चलेकै वकिल छन् । डनको पक्षमा इजलासमा वकालत गर्नु त वकिलको व्यावसायीक धर्म नै हो,तर कतिपय वकिल डनमाथि अन्याय भो भन्दै चोकचोकमा भाषण गर्दै हिँडिरहेका छन् । 
गत साउन २१ मा गुन्डागर्दीका नाइके दिनेश अधिकारी ‘चरी’को इन्काउन्टर घटनाको चर्चित अधिबक्ताद्वय शम्भु थापा र टिकाराम भट्टराईले सार्वजनिक रुपमा विरोध गरे । प्रहरीले सुरु गरेको गुन्डागर्दीविरुद्धको आक्रामक अभियानविरुद्ध उनीहरुले राय राखे । सम्पत्ति सुद्धिकरण अनुसन्धानको मुद्दा परेका गुन्डागर्दीका पाँच नाइकेको कानूनी सल्लाहकारमा पनि नाम चलेका वकिल छन् । गणेश लामाको मुद्दा चर्चित वकिल शेरबहादुर केसीले हेर्दै आएका छन् ।उनीसहित योगेन्द्रबहादुर अधिकारी र नरबहादुर योगी लामाका वकिल हुन् । त्यस्तै अभिसेक गिरीको गणेश केसी,योगेन्द्रबहादुर अधिकारी र सुवास द्धिवेदी छन् । गिरीका वकिल गणेश केसी अपहरण केसमा समेत मुछिएका छन् 
। काठमाडौं उपत्यका खानेपानी लिमिटेडका कर्मचारी अच्युतप्रसाद रेग्मीको अपहरणण घटनामा समेत केसी मुछिएका छन् । त्यस्तै पर्शुराम बस्नेतको कानूनी सल्लाहाकारमा नेपाल बार एशोसियसनका अध्यक्ष हरिकृष्ण कार्की छन् । कार्कीसहित टिकाराम भट्टराई,हरिश्चन्द्र सुवेदी र नारायणप्रसाद देबकोटा बस्नेतका वकिल हुन् । चक्रेको कानूनी सल्लाहकारमा डेमोक्रेटिक लयर्स एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरे छन् । त्यस्तै दिपक मनाङेको वकिलमा टीकाराम भट्टराईसहित एगराज पोखरेल,ऋषिराम घिमिरे,इश्वर अधिकारी,श्रीराम दवाडी,गोकुल भण्डारी तथा सीताराम अधिकारी छन्,आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले खबर लेखेका छन् ।

Like us on Facebook

Post Comments

Latest News

View More Latest News
http://www.kathmandu.gov.np

महानगर गतिविधि

View More

Photo Gallery