News


Notice: Undefined property: dbMain::$query_count in /home/metrofm/public_html/lib/dbClass.php on line 67
Posted On: August 14, 2014

हाउजिङ्ग व्यवसायबाट उपभोक्ता ठगिएको गुनासा बढ्दो

साउन २९ । सामुहिक आवास (हाउजिङ) भवन निर्माण तथा विक्री कम्पनीहरुबाट आफूहरु ठगिएको भन्दै उजुरी गर्नेहरुको संख्या बढिरहेको छ । हाउजिङ र अमार्टमेन्टको व्यवसायिक कारोेवार गर्ने कम्पनीहरुले पहिल्यै पैसा उठाउने तर काम समयमा नगरेपछि उपभोक्ताहरु मर्कामा परेका हुन् । 
आफूहरु ठगिएको भन्दै उजुरी गर्नेहरुको संख्या अहिले ६ सय ५० नाघेको छ । अपार्टमेन्ट र हाउजिङ कारोवारमा ठगीको समस्या देखिन थालेपछि सरकारले आवास सम्बन्धी जाँचवुझ आयोग गठन गरेको डेढ महिना नपुग्दै उजुरी दिनेको संख्या ६ सय ५० नाघेको हो । शहरी विकास मन्त्रालय अन्तर्गत गठन गरिएको आयोगमा उजुरी दिने क्रम रोकिएको छैन । 
जाँचबुझ आयोगका अनुसार अपार्टमेन्ट र हाउजिङमा बिविध समस्याहरु देखिएका छन् । आयोगमा परेका उजुरीहरु विभिन्न प्रकृतिका रहेको आयोगका संयोजक कुमारप्रसाद लोहनीले बताउनुभयो । अध्यक्ष लोहनीका अनुसार अधिकांश समस्याहरु पहिल्यै भुक्तानी गरेका तर अपार्टमेन्टमा बस्न नपाएकाहरुको छ । ५÷७ वर्ष भइसक्दा पनि अपार्टमेन्ट नपाएकाहरुले उजुरी दिएको लोहनीको भनाइ छ । 
आयोगका अनुसार दोस्रो समस्या पैसा दिइसकेको तर निर्माणको काम बीचमा रोकिएर अलपत्र परेका छन् । बिज्ञापन गरेर जग्गा देखाएर पैसा लिएको तर अपार्टमेन्ट निर्माण नगर्नेहरुका विरुद्धमा पनि उजुरी परेका छन् । एउटै फ्लाट दुई ठाँउमा बेचेको पनि उजुरी परेका छन् । आयोगका अनुसार एउटालाई बेचेको फ्लाट एवं जग्गाको लालपुर्जा नदिएर सोही लालपुर्जा कम्पनीले अरुको नाममा बनाएर बैंकमा राखेर पैसा लिएको समेत उजुरी परेका छन् । 
केहीमा भवन तयार भएर उपभोक्ता बसेका छन् तर लालपुर्जा पाउन सकेका छ्रैनन् । जग्गा र साइड देखाएर पैसा उठाएको तर वर्षौदेखि अपार्टमेन्ट नबनाएको घटनाको बारेमा उजुरी परेको संयोजक लोहनीले जानकारी दिनुभयो । आयोगमा परेका उजुरी अनुसार सम्झौता अनुसारको सुविधाहरु पनि उपलब्ध नगराइएको गुनासाहरु रहेका छन् । संयोजक लोहनी भन्नुहुन्छ, ‘तीन वेडरुम भनेर पैसा लिएको तर २ वेडरुम दिएको घटनाहरु पनि आएका छन्’ । 
हाल आयोगले उक्त निवेदनहरुमाथि अध्ययन गरिरहेको छ । तीन महिनाको लागि गठन गरिएको आयोगले समस्याको पहिचान र समाधानको बाटो पत्ता लगाएर प्रतिवेदन तयार गर्नेे भएको छ । लोहनीका अनुसार तीनै पक्ष बैंक, निर्माण कम्पनी र उपभोक्ताहरुबीच समन्वय गरी काम गर्नुपर्ने भएकाले यी तीनै पक्षलाई समझदारीमा ल्याएर काम गरिने संयोजक लोहनीको भनाइ छ । 
 यो समस्याको बेलैमा रोकथाम गरिएन र गैरकानूनी काम गर्नेहरुलाई कारवाहीको दायरामा ल्याइएन भने समस्या विकराल हुने आयोगको भनाइ छ । आयोगले तोकिएको समयमा काम गरी उक्त समस्याको समाधान गर्न सरकारलाई पहल गर्ने संयोजक लोहनीको भनाइ छ । निर्माण कम्पनीहरु भने सम्पर्कमा आइनसकेको आयोगले जनाएको छ । 
   

Like us on Facebook

Post Comments

Latest News

View More Latest News
http://www.kathmandu.gov.np

महानगर गतिविधि

View More

Photo Gallery