News


Notice: Undefined property: dbMain::$query_count in /home/metrofm/public_html/lib/dbClass.php on line 67
Posted On: August 14, 2014

सामूहिक प्रयासबाट वातावरणमा सकारात्मक परिवर्तन

साउन २९ । काठमाडौँ पश्चिम भेगस्थित वाडभञ्ज्याङ क्षेत्रलाई वातावरण सङ्घर्ष समिति एवम् स्थानीयवासीको सक्रियतामा इँटाभट्टा, ढुङ्गा क्रसर र पिच प्लान्ट मुक्त क्षेत्र बनाएसँगै यहाँको वातावरणमा सकारात्मक परिवर्तन देखिएको छ ।
लामो समयसम्म यस क्षेत्रमा रहेका तीनवटा इँटाभट्टा, छवटा क्रसर उद्योग र एउटा पिच प्लान्ट उद्योग वातावरण सङ्घर्ष समितिको संयोजन एवम् स्थानीयवासीको सक्रियतामा हटाइएको हो ।
   
 इँटाभट्टालगायतका वातावरणलाई प्रदूषित गर्ने उद्योगहरु हटाउने मागसहित २०६९ सालदेखि निरन्तर एक वर्ष सङ्घर्ष गरिएपछि गत वर्ष यो क्षेत्र पूर्ण रुपमा इँटाभट्टा तथा क्रसर उद्योग मुक्त क्षेत्र घोषित भएको हो ।
    विगतमा वातावरणलाई प्रदूषित गराउने किसिमका इँटाभट्टाजस्ता उद्योगका कारण जनस्वास्थ्यमासमेत प्रतिकुल प्रभाव पार्नाका साथै यस आसपासका बोटबिरुवासमेत मर्ने, पहेँलिनेजस्ता समस्या देखिएको थियो । 
    वातावरण सङ्घर्ष समितिका सचिव एवम् सुब्बाको सामुदायिक वन, वाडभञ्ज्याङका अध्यक्ष बलराम कार्कीका अनुसार लामो समयसम्म रहेका इँटा भट्टा तथा पिच प्लान्ट उद्योगका कारण यस क्षेत्रको उब्जाउयोग्य माटो पनि बिग्रने अवस्थामा पुगिसकेको थियो ।
    वाडभञ्ज्याङ क्षेत्रका स्थानीयवासीको निरन्तरको सङ्घर्षबाट इँटाभट्टालगायतका वातावरण प्रदूषण गर्ने किसिमका उद्योगहरु बन्द भएसँगै स्थानीयवासीमा पनि अब वातावरण जोगाउनुपर्छ भन्ने भावना जागृत भएको उहाँले बताउनुभयो ।
    राजधानी नजिकै रहेको पर्यटकीय रुपबाट समेत आकर्षक गन्तव्य बन्न सक्ने वाडभञ्ज्याङ क्षेत्रलाई राजधानीका कोलाहलपूर्ण वातावरणबाट केही समय भए पनि मुक्त हुन चाहने स्वदेशी तथा विदेशी पर्यटकलाई प्राकृतिक आनन्द लिने एक गन्तव्यका रुपमा विकास गर्ने यहाँका स्थानीयवासीको सोच रहेको स्थानीय समाजसेवी सुदाम ढकाल बताउनुहुन्छ । रासस

Like us on Facebook

Post Comments

Latest News

View More Latest News
http://www.kathmandu.gov.np

महानगर गतिविधि

View More

Photo Gallery