News


Notice: Undefined property: dbMain::$query_count in /home/metrofm/public_html/lib/dbClass.php on line 67
Posted On: August 14, 2014

सप्तकोसी नदीमा पुनः पानीको बहावमा वृद्धि, ३३ वटा ढोका खुला

साउन २९  । पूर्वी पहाडी तथा तराईका केही जिल्लामा भएको अविरल वर्षका कारण सप्तकोसी नदीमा पुनः पानीको बहावमा वृद्धि भएको छ । 
आज बिहान ९:१५ बजे गरिएको मापनअनुसार कोसी ब्यारेज हँुदै प्रतिसेकेन्ड दुई लाख ५४ हजार २३५ क्युसेक पानी बगिरहेको कोसी ब्यारेज कन्ट्रोल रुमका प्रमुख शुकनन्दन सिंहले जानकारी दिनुभयो । गत शनिबार साँझ ९ बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा प्रतिसेकेन्ड दुई लाख पाँच हजार ६३० क्युसेक पानीको बहाव रहेको थियो ।
पानीको बहाव बढेपछि ब्यारेजमा खतराको सङ्केतस्वरुप रातो बत्ती बलिएको छ भने ५६ वटा ढोकामध्ये अहिले ३३ वटा ढोका खोलिएको सुनसरी प्रहरीले जनाएको छ । पानीको बहावमा वृद्धि भए पनि जिल्लामा कतै बाढी तथा कटान नभएको प्रहरीले जनाएको छ । रासस

Like us on Facebook

Post Comments

Latest News

View More Latest News
http://www.kathmandu.gov.np

महानगर गतिविधि

View More

Photo Gallery