News


Notice: Undefined property: dbMain::$query_count in /home/metrofm/public_html/lib/dbClass.php on line 67
Posted On: August 14, 2014

रातोपुल भाँसिएपछि पूर्व–पश्चिम राजमार्ग पुर्ण रुपमा अवरुद्ध

साउन २९  । महोत्तरी र धनुषाको सीमामा अवस्थित रातोपुल भाँसिएपछि पूर्व–पश्चिम राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको छ । बुधबारदेखि परेको अविरल बर्षासँगै रातु नदिमा आएको बाढीको कारण पूर्व पश्चिम राजमार्गमा पर्ने महोत्तरीको रातु खोलाको पुल तीन फीट तल भाँसिएको छ ।  खोलामा पानीको बहाव बढदै गएको कारण पुल भासिने क्रम रोकिएको छैन् ।
बर्षौंदेखि पुल आसपास क्षेत्रबाट मापदण्ड बिपरित ढुंगा, गिटी र बालुवा उत्खनन् गर्दा जिर्ण बनेको पुल बुधबार राती खोलामा आएको बाढीका कारण भासिएको हो । पुल भासिएपछि गए राती ११ बजेदेखि पूर्व पश्चिम राजमार्ग भएर चल्ने यातायात पूर्ण रुपमा अबरुद्ध भएको छ भने राति देखी नै पुर्वबाट काठमाण्डौका लागी छुटेका  र पश्चिमबाट पुर्व जाने सबै बसहरु धनुषाको लालगढ, ढल्केवर र महोत्तरीको बर्दिवासमा रोकिएका छन ।
प्रशासनले वैकल्पिक बाटोकोलागि बर्दिवास जलेश्वर जनकपुर प्रयोग गर्न सुझाए पनि वर्षाको कारण उक्त सडकखण्ड समेत क्षतिग्रस्त छ । उक्त बैकल्पिक बाटो समेत ठाँउ ठाँँउमा अबरुद्ध छन भने ६० किलो मिटर दुरी तय गरेपछि मात्र सवारी साधनहरु पुर्वपशिचम राजमार्ग निस्कने छन् ।

Like us on Facebook

Post Comments

Latest News

View More Latest News
http://www.kathmandu.gov.np

महानगर गतिविधि

View More

Photo Gallery