News


Notice: Undefined property: dbMain::$query_count in /home/metrofm/public_html/lib/dbClass.php on line 67
Posted On: August 14, 2014

कोरियन भाषा परीक्षाका लागि १९ हजार फारम

साउन २९  । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत पाँचौं तहको भाषा परीक्षाका लागि कोरियन भाषा परीक्षाका लागि बुधबार १९ हजा ४९ जनाले फारम भरेका छन्।
ईपीएस शाखका अनुसार च्यासल फुटबल खेल मैदान बालकुमारी ललितपुरबाट ४ हजार २ सय ६२, एक्मी इन्जिनियरिङ कलेज सीतापाइलाबा ३ हजार ६ सय ४४, ल्याबरोटरी उच्च मावि कीर्तिपुरबाट ३ हजार ४ सय ६३ फारम संकलन भएको छ। त्यस्तै उपत्यकाबाहिर धरान सभागृहबाट २ हजार १ सय १०, बुटवल प्रदर्शनीस्थल, पोखराको विन्ध्यावासिनी उच्च माविबाट २ हजार ८ सय ६५, डडेल्धुरास्थित कर्मचारी मिलन केन्द्रबाट २ हजार ३ सय ३४ जनाले फारम झरेका छन्। इपीएस शाखाका अनुसार शनिबारसम्म ६० हजार युवाले कोरियन भाषाका लागि फारम भर्न सक्ने आंकलन गरेको छ। भाषा परीक्षामा सामेल हुन १८ वर्ष पूरा गरी ३९ वर्ष ननाघेको हुनुपर्ने इपीएस प्रमुख डिल्लीप्रसाद बास्तोलाले जानकारी दिनुभयो। भाषा परीक्षा असोज १० र ११ गते काठमाडौंमा हुने भएको छ।

Like us on Facebook

Post Comments

Latest News

View More Latest News
http://www.kathmandu.gov.np

महानगर गतिविधि

View More

Photo Gallery