News


Notice: Undefined property: dbMain::$query_count in /home/metrofm/public_html/lib/dbClass.php on line 67
Posted On: August 14, 2014

फितलो कानुनका कारण सहकारी अनुगमन प्रभावहीन

साउन २९  । फितलो कानुनका कारण सहकारी अनुगमन प्रभावहीन हुदैं गएको छ। कानुनमा कारवाहीका कुरा स्पष्टरूपमा उल्लेख नगरिएकाले सहकारी अनुगमन नाम मात्रको भएको छ।
सहकारी ऐन २०४८ मा गल्ती गर्ने सहकारीलाई कस्तो कारवाही गर्ने भन्ने कुरा नखुलाईएकाले सहकारीको अनुगमन फितलो बन्दै गएको हो। सहकारी विभागले गत आर्थिक वर्ष ४ सय १८ वटा ठूला सहकारीको अनुगमन गरेको थियो। विभागका योजना प्रमुख कृषि विज्ञ बिष्णु घिमिरेले कानुन स्पष्ट नहुदाँ अनुगमनको नतिजा शुन्य भएको बताउनुभयो।
 ‘कानुनमा अनुगमनमा त्रुटी भेटिएका सहकारीलाई यस्तो खाले कारवाही गरिने छ भन्ने कानुनमा उल्लेख गर्न सकिए सहकारी सच्चिन सक्ने उहाँको भनाई छ।
विभागले अनुगमनको प्रतिवेदन सहकारी तथा गरिबी निवारण मन्त्रालयमा छिट्टै पेश गर्ने तयारी गरेको छ।
डिभिजन सहकारी कार्यालय काठमाडौंका अनुसार काठमाडौंका सहकारीमा खराब कर्जा विगतको तुलनामा बढेको छ। सहकारीले बेलैमा ऋण उठाउन ताकेता नगर्दा सहकारीमा खराब कर्जा बढ्दै गएको कार्यालयको ठम्याई छ।
डिभिजन सहकारी कार्यालयका वरिष्ठ सहकारी अधिकृत बलराम निरौलाका अनुसार खराब कर्जा बढ्नु राम्रो होइन। ‘खराब कर्जाले सहकारीमा संकत निम्त्याउन सक्छ’ 
सहकारीबाट ऋण लिई कबुल गरेको एक वर्षसम्म पनि चुक्ता नभएको कर्जालाई खराब कर्जा मानिन्छ। वरिष्ठ सहकारी अधिकृत निरौलाले अधिकांश सहकारीले जोखिम बहन गर्ने कोषमा पैसा जम्मा नगर्ने गरेको बताउनुभयो। ‘जति खराब कर्जा हुन्छ, उति कोषमा पैसा जम्मा गर्नुपर्दछ तर त्यसो गरेको पाइदैंन’ उहाँले भन्नुभयो।
भाखा नाघेर एक वर्ष नपुगेकोलाई संकास्पद कर्जा मानिन्छ। शंस्कास्पद ऋण पनि बढिरेहेको अनुगमनका क्रममा पाइएको छ। नियमानुसार संस्कास्पद कर्जामा ३५ प्रतिशत र खराब कर्जा हुदाँ १ सय प्रतिशत नै जोखिम बहन कोषमा पैसा जम्मा गर्नुपर्ने नियम छ तर कसैले पनि त्यस्ता नियम पालना गर्न नसकेको कार्यालय प्रमुख निरौलाको भनाई छ।
डिभिजन सहकारी कार्यालयले गत आर्थिक वर्षमा करिब ६ सय सहकारीको सघन अनुगमन गरेको थियो। काठमाडौंमा ३ हजार ७ सय सहकारी सञ्चालनमा छन्। कार्यालयका सहकारी अधिकृत पशुपति घिमिरेले काडाईका साथ अनुगमन गरिएपछि सहकारी सुधारको बाटोमा लागेको बताउनुभयो। ‘अनुगमनपछि सुधार गरिएका कुरा जानकारी दिन थालेका छन्, यस वर्ष थप कडाई गर्ने हाम्रो रणानीति छ’ उहाँले भन्नुभयो।डिभिजनले अनुगमनमा भेटिएका कुरालाई यथाशीर्घ सुधार गर्न निर्देशन दिने गरेको छ। अनुगमनका क्रममा सहकारीले मापदण्ड विपरित कारोबार गरेको, कार्यक्षेत्र मिची कारोबार गरेको, बिना धितो लगानी गर्ने गरेको, जोखिम बहन कोषमा पैसा जम्मा नगर्ने गरेको, ऋण उठाउन कडाई नगरेको, अनुत्पादक क्षेत्रमा लगानी गर्ने गरेकोलगायतका तथ्य फेला परेको थियो।
सहकारी अधिकृत बिक्रम पाण्डेका अनुसार ऐन,नियम विनियमको ज्ञानको अभावका कारण पनि धेरै सहकारीमा समस्या देखिएको छ।‘अधिकांश सहकारी सञ्चालन अनुभवको कमीका कारण समस्यामा परेको पाइएको छ’ उहाँले भन्नुभयो। सहकारीले सहकारी शिक्षा कोष पालना नगरेकै कारण सहकारी समस्यामा पर्ने गरेका छन्। ऐन,नियम तथा मापदण्डप्रति जानकारी नराख्नु नै सञ्चालकको कमजोरी हो’ उहाँले भन्नुभयो।त्यस्ता सहकारीलाई डिभिजनले सहकारी शिक्षा जगेडा कोषको सही पालना गर्न र ऐन, नियम पालन गर्न ध्यानाकर्षण गराउने भएको छ।

Like us on Facebook

Post Comments

Latest News

View More Latest News
http://www.kathmandu.gov.np

महानगर गतिविधि

View More

Photo Gallery