News


Notice: Undefined property: dbMain::$query_count in /home/metrofm/public_html/lib/dbClass.php on line 67
Posted On: August 14, 2014

गायक तथा संगितकार बज्राचार्यको निधन

साउन २९  । गायक तथा संगितकार सरोजगोपाल बज्राचार्यको विहिबार विहान निधन भएको छ । लामो समयदेखि मधुमेहबाट पिडित वज्राचार्यको पोखरा १ बगरस्थित आफनै निवासमा निधन भएको हो ।
बुधबार बेलुकी खाना खाई राम्रै अवस्थामा सुतेका उनी विहान अबेरसम्म नउठेपछि परिवारले खोजतलास गर्दा मृत भेटिएको कवि तिर्थ श्रेष्ठले जानकारी दिए । बज्राचार्यले “देउराली उकाली चढेर , नक्कलीलाई भगाई लग्यो झिल्केले, करौडौ मुटुहरुको एउटै ढुकढुकी नेपाल जस्ता चर्चित गितहरुमा स्वर भर्नुका साथै अन्य दर्जनौ गितहरुमा संगित भरेका छन् ।
गितसंगितको अलवा बज्राचार्य लामो समय पोखराको सन्चारक्षेत्रमा पनि क्रियाशिल रहे । उनी रेडियो नेपाल तथा पोखराको माछापुच्छ्रे एफएममा आबद्ध रहेका थिए ।

Like us on Facebook

Post Comments

Latest News

View More Latest News
http://www.kathmandu.gov.np

महानगर गतिविधि

View More

Photo Gallery

Today's Highlight

Program Archive

Find Us On Facebook