News


Notice: Undefined property: dbMain::$query_count in /home/metrofm/public_html/lib/dbClass.php on line 67
Posted On: August 14, 2014

सभासद्को एक्यबद्धता

साउन २९  । नेपाली युवाहरुद्वारा सञ्चालित प्लास्टिक झोला प्रतिबन्ध गर्ने अभियानमा उपत्यकाका १५ जना सभासद्ले एक्यबद्धता जनाएका छन्। 'नो थ्याङ्कस! क्यारी माइ अन ब्याग'नामक अभियानमा युवा नेता गगन थापालगायत उपत्यकाबाट निर्वाचित सभासद्ह'रुले एक्यबद्धता जनाएका हुन्।
राजधानीको हिमालयन क्लाइमेट इनिसिएटिभमा आयोजित कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सभासद् थापाले अभियानमा आफ्नो पूर्ण समर्थन रहेको बताए। उनले नेपालमा प्लास्टिक झोला प्रतिबन्ध गर्न आवश्यक कानुनको परिमार्जन/निमार्ण गर्न हरसम्भव प्रयास गर्ने प्रतिबद्धता जनाए।
'नेपालबाट प्लास्टिक झोला ०७१ सम्म घटाऔं, ०७२ मा हटाऔं' मूल नाराका साथ 'दी जेन नेप- राष्ट्र पहिले' नामक सञ्जालमा आबद्ध युवाहरुले यो अभियान सुरु गरेका हुन्। अभियानको पहिलो चरणमा युवाहरुले प्लास्टिक झोला प्रतिबन्ध गर्न तत्काल ठोस कदम चाल्न सरकारलाई आग्रह गरिएको हस्ताक्षर संकलन गर्दै आएका छन्। अभियानमा अहिलेसम्म दस हजारले हस्ताक्षर गरिसकेका छन्। 
कार्यक्रममा सभासद् थापाले ६ महिनाभित्र प्लास्टिकका झोला प्रतिबन्ध गर्न काठमाडौंका १५ जना सभासद् नै पूर्णरुपले प्रतिबद्ध रहने बताए। उनले भदौको पहिलो साता कानुन मन्त्रीसँग हुने छलफलमा यस विषयलाई प्रमुख एजेन्डा बनाएर उठाउने आश्वासनसमेत दिए। 
अभियानकी संयोजक शिलशिला आचार्यले प्लास्टिकका झोला वातावरणीय, आर्थिक र समाजिक दृष्टिकोणले हानिकारण भएकाले रोक लगाउन जरुरी रहेको बताइन्। उनले यसबारे सबै नेपालीले सम्बन्धित निकायमा दबाब दिन आवश्यक रहेको उल्लेख गरिन्। 
अभियानकर्ताहरुले गरेको खोजअनुसार राजधानीमा मात्रै दैनिक ४७ लाख प्लास्टिकका झोला प्रयोग हुने गरेका छन्।

Like us on Facebook

Post Comments

Latest News

View More Latest News
http://www.kathmandu.gov.np

महानगर गतिविधि

View More

Photo Gallery