News


Notice: Undefined property: dbMain::$query_count in /home/metrofm/public_html/lib/dbClass.php on line 67
Posted On: August 15, 2014

स्वतन्त्रता दिवसमा एम्बुलेन्स, बस र पुस्तक उपहार

साउन ३० । भारतकोे ६८औँ स्वतन्त्रता दिवसका अवसरमा भारत सरकारले नेपालका १९ जिल्लाका अस्पताल, परोपकारी संस्था तथा शैक्षिक प्रतिष्ठानलाई २० वटा एम्बुलेन्स र चारवटा बस प्रदान गर्नुका साथै ७५ वटा देशका विभिन्न भागमा अवस्थित ७५ पुस्तकालयलाई उपहारस्वरुप प्रदान गरेको छ ।
स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंस्थित भारतीय राजदूतावासमा शुक्रबार बिहान आयोजित विशेष समारोहमा नेपालका लागि उक्त मुलुकका राजदूत रन्जित रेले ती उपहार प्रदान गरे ।
त्यसअघि राजदूत रेले भारतको राष्ट्रिय झन्डा फहराई भारतीय राष्ट्रपति प्रणव मुखर्जीले राष्ट्रका नाममा दिनुभएको सन्देश वाचन गरेका थिए ।
सन्देशमा राष्ट्रपति मुखर्जीले शान्ति, स्थायित्व र छिमेकको विकासलाई जोड दिएका छन् । समारोहमा भारतीय दूतावासमा कार्यरत कर्मचारी, तिनका परिवारजन, कामको सिलसिलामा यहाँ रहेका भारतीय नागरिक, नेपाल–भारत मैत्री सङ्घ र शुभेच्छुकहरूको उपस्थिति थियो । रासस

Like us on Facebook

Post Comments

Latest News

View More Latest News
http://www.kathmandu.gov.np

महानगर गतिविधि

View More

Photo Gallery