News


Notice: Undefined property: dbMain::$query_count in /home/metrofm/public_html/lib/dbClass.php on line 67
Posted On: August 15, 2014

हेल्लो सरकार पाँचै विकास क्षेत्रमा विस्तार गरिने

साउन ३० ।सरकारले ‘हेलो सरकार’लाई पाँच विकास क्षेत्रमा विस्तार गर्ने भएको छ । सानातिना गुनासासमेत प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट नै समाधान गर्नुपर्ने स्थिति आएपछि क्षेत्रीयस्तरमा ती कार्यालय विस्तार गर्न लागिएको गोरखापत्रमा खबर छ ।
हाल चौबीसै घन्टा सञ्चालनमा रहेको हेलो सरकारप्रति जनताको आशा र अपेक्षा बढिरहेको र त्यहाँ गुनासो गर्दा समस्या समाधान हुन्छ भन्ने विश्वासका आधारमा सरकारले ती निकायलाई विस्तार गर्न लागेको प्रधानमन्त्ती तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शान्तराज सुवेदीले जानकारी दिएको  छ ।
सचिव सुवेदीकै कार्यकक्षमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार ‘हेलो सरकार’मा उजुरीको संख्या घटबढ भए पनि सेवाग्राहीले सहजरुपमा सेवा पाए कि पाएनन भन्ने विषय नै महत्वपूर्ण रहेको बताए ।
एनले आव २०७०/०७१ मा सबैभन्दा बढी गुनासा गृह मन्त्रालयमा आएको जानकारी दिए ।
सो मन्त्रालयअन्तर्गत जिल्ला  प्रशासन कार्यालय र प्रहरी कार्यालयको गुनासो बढी छ । सो आवमा उक्त मन्त्रालयअन्तर्गत एक हजार २ सय १० गुनासो प्राप्त भएकामा एक हजार १ सय ७७ को निरुपण गरिएको बताए ।

Like us on Facebook

Post Comments

Latest News

View More Latest News
http://www.kathmandu.gov.np

महानगर गतिविधि

View More

Photo Gallery